दसैँमा शाकाहारीहरूले मासुको विकल्पका रूपमा च्याउ, पनिर, गेडागुडी, सागपात, दूध, मिठाईं आदि खान सक्छन् । यसैगरी भटमास तथा त्यसबाट तयार गरेका समाग्रीहरू पनि प्रोटिनका राम्रा स्रोत हुन् । तोफु, न्युट्रेला आदिबाट पर्याप्त प्रोटिन प्राप्त गर्न सकिन्छ।

यी समाग्रीहरूको साथसाथै विभिन्न फलफुलहरु खान सकिन्छ जस्ले श्वस्थीय रहन सहयोग गर्छ ।

मादा चामलको रोटी

नेपालमा पार्य जसो दसैँमा चामलको रोटी खाने चलन छ । यो चामलको पिठो, ध्यु, चिनी, आदि समानको समिश्रणबाट बनाइन्छ ।

। यसलाई तयार पार्नका लागि चाहिने सामग्री र प्रयोग हुने विधि यस्तो छ।

सामग्री – चामलको पिठो २ सय ५० ग्राम, चिनी १ चिया चम्चा, घिउ १ चम्चा, नुन स्वादअनुसार ।

विधि – पिठो, चिनी, घिउ तथा नुनमा पानी हालेर मिक्सर बनाउने । तावा तताएर थोरै तेल वा घिउ हाली उक्त मिक्सर खन्याउने । पातलो गरी १ लेयर राख्ने र गोल्डेन ब्राउन भएपछि घिउ हालेर पुनस् अर्को लेयर राख्ने । त्यसलाई पल्टाउने अनि फेरि घिउ हाल्ने । यसको ४ वटा सम्म लेयर बनाउन सकिन्छ । यो मादा गोलभेंडाको अचारसँग खान सकिन्छ।

म्यास पोटाटो

म्यास पोटाटो घर तथा पसलहरु चलेको शाकाहारी भोजनमा पर्छ। यसलाई तयार पार्नका प्रयोग हुने विधि यस्तो छ।

विधि – उसिनेको आलुलाई मज्जाले मुछ्ने, प्यानमा बटर हालेर थोरै लसुन पड्काउने । मुछेको आलुलाई कुनै आकार दिई सोथे गर्ने । त्यसमा दूध हालेर, नुन तथा जाइफलको धूलो छर्किदिने ।

पनिर सास्निक

पनिर सास्निक शाकाहारी भोजन हो। यसलाई तयार पार्नका लागि चाहिने सामग्री र प्रयोग हुने विधि यस्तो छ।

सामग्री – पनिर १ सय ग्राम, क्याप्सिकन १ सय ग्राम, गोलभेंडा १ सय ग्राम, कागती १ वटा, नुन–खुर्सानीको धूलो स्वादअनुसार ।

विधि – पनिर, क्याप्सिकन र गोलभेंडालाई स–साना आकारमा बराबर हिसाबमा काट्ने । क्रमशस् पनिर, क्याप्सिकन र गोलभेंडा राख्दै झिरमा उन्ने । त्यसमा हल्का नुन–खुर्सानी तथा कागती हालेर तावामा सेक्ने

काजु आलु चप

काजु आलु चप चलिआएको शाकाहारी भोजनमा पर्छ। यसलाई तयार पार्नका लागि चाहिने सामग्री र प्रयोग हुने विधि यस्तो छ।

सामग्री – आलु ३ वटा, चाट मसला २० ग्राम, काजु ७–८ पिस, प्याज २ वटा, धनियाँ, खुर्सानी तथा जिरा ५ ग्राम, नुन स्वादअनुसार, अदुवा र लसुनको पेस्ट २० ग्राम, मैदा र बेसन ५० ग्राम ।

विधि – आलुलाई उसिनेर बावलमा राख्ने । त्यसलाई हातैले मोल्ने । काटेको प्याज, धनियाँ, खुर्सानी, नुन, जिरा सबैलाई आलुमा हालेर मज्जाले मिक्स गर्ने । राम्रोसँग मिक्स भएपछि डल्लो बनाउने र भित्र १–१ वटा काजु राख्ने । अर्को भाँडामा मैदा, बेसन, अदुवा, लसुनको पेस्ट तथा नुन मिसाएर डल्लोमा चोप्दै डिप फ्राइ गर्ने ।

ओनियन रिङ्स

ओनियन रिङ्स शाकाहारी भोजनमा पर्छ। यसलाई तयार पार्नका लागि चाहिने सामग्री र प्रयोग हुने विधि यस्तो छ।

सामग्री – ठूलो प्याज २ वटा, बेसन २ चम्चा, अण्डा १ वटा, बेकिङ पाउडर १ चम्चा, चीजबल २–३ वटा ।

विधि – प्याजलाई गोलो आकारमा काटेर पिस–पिस गर्ने । बेसनको घोलमा सबै सामग्री हालेर मिक्स गर्ने । ओनियन रिङलाई बेसनको घोलमा डुबाएर डिपफ्राइ गर्ने । डिपफ्राइ भएपछि प्लेटमा निकालेर चीजबलको धूलो माथिबाट छर्किदिने ।

कर्न चिल्ली

कर्न चिल्ली पनि शाकाहारी भोजनमा पर्छ। यसलाई तयार पार्नका लागि चाहिने सामग्री र प्रयोग हुने विधि यस्तो छ।

सामग्री – स्वीट कर्न ३ सय ग्राम, मैदा २ चम्चा, कर्नफ्लोर १ चम्चा, सुजी २ चम्चा, मसिनो काटेको अदुवा र लसुन ५ ग्राम, धनियाँ, नुन–मरिचको धूलो तथा हट गार्लिक सस ।

विधि – सबै मरमसला तथा स्वीट कर्नलाई कर्नफ्लोर र मैदामा मिक्स गरी गोलो–डल्लो आकार दिने अनि डिप फ्राई गर्ने । ससका लागि तावामा तेल हालेर चप गार्लिक, मरिच, नुन, टिम्मुर पाउडर, टोमाटो केचप, सोयासस तथा भेनिगरलाई एकसाथ पकाउने । यसरी तयार हट ससमा डिप फ्राई गरिराखिएको कर्न मिक्स गर्ने र अन्त्यमा हरियो प्याजले गार्नेस गर्ने ।

तोरतिज्या दे पाताता

तोरतिज्या दे पाताता शाकाहारी भोजन हो । यसलाई तयार पार्नका लागि चाहिने सामग्री र प्रयोग हुने विधि यस्तो छ।

सामग्री – अण्डा ६ वटा, पातलो गोलो आकारमा काटेर फ्राई गरिएको आलु १ सय ४० ग्राम, जुलियन्ट आकारमा काटेर फ्राई गरिएको प्याज ५० ग्राम, नुन स्वादअनुसार ।

विधि – अण्डामा फ्राई गरिएको आलु तथा प्याज मिक्स गर्ने । विस्तारै चलाउँदै–छाड्दै जाने । पाक्न थालेपछि छोपेर पल्टाउँदै पकाउने .

ग्रिल मसरुम

ग्रिल मसरुम शाकाहारी भोजन हो । यसलाई तयार पार्नका लागि चाहिने सामग्री र प्रयोग हुने विधि यस्तो छ।

सामग्री – मसरुम ६ पिस, लसुन १ पिस, नुन स्वादअनुसार, धनियाँको पात ३–४ पिस, ओरिगानो ३–४ ग्राम ।

विधि – मसरुमलाई तावामा सेक्ने । धनियाँ, ओरिगानो तथा नुनको पेस्ट मसरुमको चारैतिर लगाइदिने । मसरुम नपाकुन्जेल दुवैतिर पल्टाउँदै पकाउने । यसरी पकाइएको ग्रिल मसरुममा च्याउको स्वाद यथावत् रहन्छ ।

चिकेन अलाकिप

चिकेन अलाकिप चाहिँ मांसाहारी भोजनमा पर्छ । यसलाई तयार पार्नका लागि चाहिने सामग्री र प्रयोग हुने विधि यस्तो छ।

सामग्री – चिकेन ब्रेस्ट १ वटा, मसरुम १ पिस, बटर १० ग्राम, धनियाँ, गढकिन १ पिस, आलु १ पिस, सिमी १ पिस, गाजर आधा पिस, काउली, ब्रोकाउली सानो १ पिस, गोलभेंडा १ पिस, नुन स्वादअनुसार, ओस्टर सस १० मिलिलिटर, मस्टर्ड पेस्ट ५ ग्राम, अण्डा १ वटा, मैदा १० ग्राम, ब्रेडकम १० ग्राम, दूध १० मिलिलिटर तथा जाइफलको धूलो १ ग्राम ।

विधि – चिकेन ब्रेस्टलाई बीचमा स्लाइस गरी काटेर मसरुम, बटर, धनियाँ तथा गढकिनसँग मोलेर राख्ने । साइड–साइडमा अण्डाको लेप लगाइदिने । मैदामा डुबाउने त्यसपछि घोलेर राखेको अण्डामा डुबाई ब्रेडकममा हाल्ने । त्यसलाई १० मिनेट डिफ्रिजमा राख्ने । बाहिर निकालेपछि स्लो हिटमा पकाउने । पाकेपछि निकालेर मस्ट पोटाटोको माथि हाल्ने र साइड–साइडमा ग्रिल्ड ब्रोकाउली, काउली, सिमी तथा टमाटरले गार्नेस गर्ने ।

फिस टेम्पुरा

फिस टेम्पुरा अर्को प्रकारको मांसाहारी भोजन हो । यसलाई तयार पार्नका लागि चाहिने सामग्री र प्रयोग हुने विधि यस्तो छ।

सामग्री – बासा माछा ५ सय ग्राम, मैदा १ कप, आइस वाटर आधा लिटर वा आवश्यकताअनुसार, कालो मरिच १ चम्चा, नुन स्वादअनुसार, तेल डिप फ्राईका लागि ।

विधि – माछालाई राम्रोसँग सफा गर्ने । त्यसलाई फिंगर साइजमा काट्ने । एउटा बाबलमा मैदा, आइस वाटर, मरिच तथा नुन हालेर ब्याटर बनाउने । फ्राई प्यानमा तेल तताई माछालाई तयार भएको ब्याटरमा राखेर डिप फ्राई गर्ने ।

फिस मुनियर

फिस मुनियर पनि मांसाहारी भोजन हो। यसलाई तयार पार्नका लागि चाहिने सामग्री र प्रयोग हुने विधि यस्तो छ।

सामग्री – माछा १ सय ८० ग्रामको २–२ स्लाइस, मैदा २० ग्राम, अण्डा १ वटा, सल्ट पेपर स्वादअनुसार, ओस्टर सस १० मिलिलिटर, मस्टर्ड पेस्ट ५ ग्राम, लेमन जुस १० मिलिलिटर ।

विधि – सबै मरमसलाले माछालाई मोलेपछि अण्डा र मैदाको घोलमा डुबाउने । त्यसपछि माछालाई ग्रिल गर्ने । यसलाई लेमन बटरसमा चोबेर खान सकिन्छ ।

पाऐज्या

पाऐज्या पनि मांसाहारी भोजनमा पर्छ। यसलाई तयार पार्नका लागि चाहिने सामग्री र प्रयोग हुने विधि यस्तो छ।

सामग्री – चिकेन २० ग्राम, पाऐज्या स्टक १ वटा, लसुनको पेस्ट १० ग्राम, टमाटरको पेस्ट १० ग्राम, पापरिका १० ग्राम, सोथे गरिएको सिमी तथा क्याप्सिकन १० ग्राम, तेलमा प्याज, लसुन, मटर तथा सिमी राखेर पकाइएको सामग्री २० ग्राम, ताइचिनको चामल ५० ग्राम, सी फुड ४० ग्राम ।

विधि – प्यान तताएर चिकेन फ्राई गर्ने । त्यसमा लसुनको पेस्ट फ्राई गरी टमाटर पेस्ट, पापरिका तथा सोथे गरिएको भेज हालेर एकछिन पकाउने । त्यसमा प्याज, लसुन तथा सिमी राख्ने । केही बेर चलाएर भिजाइएको चामल हाल्ने । त्यसमा स्टक अनि उमालिएको सी फुड हालिदिने । अब चिकेन हाली छोपेर पकाउने । सी फुड बोइल गरेको पानीमै पकाउनुपर्छ । यसलाई पकाइएको भाँडामै सर्भ गर्ने ।

चिकेन पिन्चो

चिकेन पिन्चो मांसाहारी भोजन हो। यसलाई तयार पार्नका लागि चाहिने सामग्री र प्रयोग हुने विधि यस्तो छ।

सामग्री  रेक्ट्यांगल आकारमा काटिएको कुखुराको मासुको ६ वटा टुक्रा, रोजमेरी पाउडर २ ग्राम, पापरिका ९पिरो नहुने रातो खुर्सानीको धूलो रंगका लागि० ५ ग्राम, नुन स्वादअनुसार, ओलिभ ओयल १ टेबुल चम्चा, कागतीको रस ५ ग्राम ।

विधि  कुखुराको मासुमा पापरिका, रोजमेरी, नुन तथा कागतीको रस मिक्स गर्ने । मिक्स चिकेनलाई टुथ पिकमा राखेर तावामा दुवै साइड पाक्ने गरी सेक्ने । यसरी सजिलैसँग स्वादिलो स्न्याक्सका रूपमा तयार गर्न सकिन्छ ।

डोटेली सेकुवा

डोटेली सेकुवा मांसाहारी भोजन हो। यसलाई तयार पार्नका लागि चाहिने सामग्री र प्रयोग हुने विधि यस्तो छ।

सामग्री – बोनलेस चिकेन २ सय ५० ग्राम, अदुवा र लसुनको पेस्ट २ चम्चा, हरियो खुर्सानीको पेस्ट १ चम्चा, तोरीको भुटेको तेल २ चम्चा, आयो नुन तथा बिरेनुन स्वादअनुसार, टिम्मुर थोरै ।

विधि – कुखुराको मासुमा सबै मरमसला मोलेर २ घन्टा राख्ने । त्यसपछि तावामा खैरो हुन्जेल सेक्ने । डोटेली सेकुवा पुदिना, हरियो धनियाँ, खुर्सानी, अदुवा र लसुनको पेस्ट, चाट मसला, कागती, दही आदिलाई मिक्सरमा पिसी तयार पारिएको अचारसँग खान सकिन्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।