असोज १९- बलात्कार प्रयासको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ।

पीडित भनिएकी महिला रोशनी शाहीले शुक्रबार किटानी जाहेरी दिएपछि प्रहरीले महरालाई पक्राउ गर्ने तयारी गरेको हो।

‘जरुरी पक्राउ’ पुर्जी थमाएर महरालाई पक्राउ गर्ने तयारी प्रहरीको छ। पक्राउ पुर्जी अदालतले जारी गर्छ।संसद सचिवालयकै कर्मचारी रहेकी शाहीले गत आइतबार कोठामै आएर महराले आफूलाई बलात्कारको प्रयास गरेको आरोप लगाएपछि त्यसको पर्सीपल्ट महराले सभामुखबाट राजीनामा दिएका थिए।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।