ग्राण्डी हस्पिटल र हार्ट क्लिनिक महाराजगंजमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले अखिल भारतीय अयुर्विज्ञान संस्थान नयाँदिल्ली, भारतबाट कार्डियोलोजीमा सुपर स्पेसिलिटी डिग्री प्राप्त गरेका छन् ।

मुटुरोगको उपचारका अतिरिक्त यसको रोकथाममा पनि सक्रिय डा ओम मूर्ति सामाजिक संजालमार्फत समेत मुटु कसरी स्वास्थ्य राख्ने भन्नेबारे पोस्टहरू साझा गर्ने गर्दछन् ।

चाडबाडको मौसम सुरु भएको छ । यस्तोमा अक्सर चिल्लो बढी भएको खाना पाक्ने र सेवन गर्ने गरिन्छ । तर स्वादका लागि खाइने भएपनि यस्तो खाना स्वास्थको लागि भने राम्रो छैन । प्रस्तुत छ यसै सन्दर्भमा डाक्टर ओम मूर्तिको फेसबुक पोस्टको सम्पादित अंश:

विशेष गरेर मांसाहारी खानेकुरामा बोसो बढी हुन्छ, जुन हानिकारक मानिन्छ । हामीले मासु खाने बेलामा हरियो सागसब्जी र सलादको प्रयोग गर्छौं भने राम्रो हुन्छ ।

हरियो सागसब्जी र सलादमा फाइबरको मात्रा बढी हुन्छ र यी फाइबरले आन्द्राबाट फ्याटको शोषण कम गर्छ र रगतमा कोलेस्ट्रोलको मात्रा बढ्न दिंदैन ।

त्यसैले घरमा मासु पकाएको दिन वा बाहिर रेस्टुरेण्टमा खानजाने बेलामा प्रशस्त हरियो सागसब्जी र सलादको प्रयोग गरेमा कोलेस्ट्रोलको नियन्त्रण गर्नमिल्छ ।

खानामा चिल्लो घटाउने तरीका

१) माछा, मासु, कुखुरालाई बेकिङ, ब्रोयलीङ, रोस्टीङ, अथवा स्टीर फ्राइङ गर्ने ।
२) मासुलाई पकाउनु अगाडि नै मासुबाट बोसो निकालेर फाल्ने अनि मात्र पकाउन शुरुगर्ने ।
३) माछालाई तार्नूको सट्टा ग्रीलिङ, ब्रोयलिङ वा माइक्रोबेभिङ गर्ने ।
४) माछा, मासु, अमलेट पकाउदा सकेसम्म कम तेल हाल्ने ।
५) मासु पकाउदा निस्केको फ्याटलाई खन्याइदिने, अनि मात्र खाने ।
६) कुखुरोको छाला झिकेर फाल्ने र छाला भएको मासु पनि नखाने ।

दैनिक खानामा चिल्लो को मात्रा कति हुनुपर्छ ?

प्रोटिन ३०%
कार्बोहाइड्रेट ४०%
टोटल फ्याट  ३०%
• सैचुरेटेड ६%
• पोली अनसैचुरेटेड फ्याट  १०%
• मोनो अनसैचुरेटेड फ्याट  २०%
• ट्रान्स फ्याट  १%

 

-एभरेष्टदैनिकबाट साभार 

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।