हेटौंडा १९ असोज,हेटौंडाकी डान्सर सन्ध्या आचार्य नेपाल टेलिभिजनको छमछमी सिजन ४ को फाईनलमा पुग्न सफल भएकी छिन् ।

फाईनलमा पुगेसँगै फाईनलमा पुराउन सहयोग गरेका सबैप्रति उनले सामाजिक सञ्जालमार्फत आभार प्रकट गरेकी छिन् । साथै आफुलाई विजेता बनाउनका लागि सहयोग गर्न पनि उनले आग्रह गरेकी छिन् ।

उनलाई भोट गर्न मोबाईलको मेसेज बक्समा गएर सीसी लेखी एक स्पेश छोडेर उनको भोटिङ कोड ०८ लेखि ३१००९ मा पठाउनुपर्ने हुन्छ । सन्ध्या आचार्य छमछमी सिजन ४ की उपाधीको होडमा हेटौंडाबाट एकमात्रै दाबेदार हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।