असोज १८- नेपाल लोक स्टारको टप–५ मा पुग्ने प्रतिस्पर्धीको टुंगो लागेको छ । सर्लाहीका रविराज झा बाहिरिएसँगै लोक स्टारको टप–५ मा पुग्ने प्रतिस्पर्धीको टुंगो लागेको हो ।

लोक स्टारको टप–५ मा पविन्द्र सुनार, शनि विश्वकर्मा, रामकुमार नेपाली, विनोद दनुवार र चेतन गोतामे पुगेका छन् ।

हरेक शुक्रबार साँझदेखि एपीवान टेलिभिजनमार्फत् प्रसारण हुने यो रियालिटी शोमा जयनन्द लामा, बीबी अनुरागी, रामजी खाँण र सुनिता दुलाल निर्णायक रहेका छन् । कार्यक्रम सञ्चालकको भूमिकामा नरेश भट्टराई र सुगरिका केसी रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।