मकवानपुर गढि बाट देखिएको हेटौंडा बजार

हेटौंडा १८ असोज,हिन्दु नेपालीहरुको महान चाड मध्य दसैं एक हो । दसैं लामो विदा सहितको चाड पनि हो । मौसम पनि साउन भदौको झरी थामिएर चिसिँदै गएको असोज महिना साच्चै घुमु–घुमु लाग्ने मौसम हो । मकवानपुरमा पनि घुम्ने ठाँउ प्रशस्ततै छन् । मकवानपुर दश वटा स्थानिय तह रहेको जिल्ला हो । जहाँ ८ वटा गाउँपालिका,१ नगरपालिका र एक उपमहानगरपालिका रहेको छ ।

मकवानपुर प्रदेश तिनको राजधानी हेटौंडा समेत रहेको जिल्ला हो ।  मकवानपुर भित्री मधेस क्षेत्रमा पर्ने जिल्ला हो । यस जिल्लाको धरातलीय विविधता संगसंगै यहांको हावापानीमा पनि निकै विविधता पाइन्छ। हिउं पर्ने देखि लिएर गर्मी हुने स्थानको रुपमा चिनिन्छ। त्यस कारण पनि पर्यटकहरुको लागि मकवानपुर उत्कृष्ट गन्तब्य बन्दै गएको छ । परिवार र साथीभाइ सहित दसैं विदामा घुम्न चहानेहरुका लागि यी हुन् मकवानपुरका उपयुक्त ठाउँहरु :

हेटौंडाको शहीद स्मारक :

दसैं विदामा मकवानपुरको घुम्ने उपयुक्त ठाउँ मध्ये हेटौंडा उपमहानगरपालिका ११ मा रहेको शहीद स्मारक एक हो । स्मारकलाई एसियाकै पर्यटकिय गन्तब्य,साथै उत्कृष्ट पिकनिक गन्तब्यको रुपमा चिनिन्छ । स्मारक हेटौडाको बुद्धचोकबाट करिव १५ मिनेटको दुरिमा रहेको । स्मारकमा स्थानिय मकवानपुर बारा,पर्सा,रौतहट र चितवन काठमाडौ स्वदेश साथै विदेश बाट घुम्न अवलोकन गर्न आउँछन् ।

जंगलको बीचमा रहेकोले शान्त वातावरण पनि भएकोले आन्तरिक पर्यटकको पहिलो रोजाईमा पर्ने गरेको छ । पार्क भित्र झुलुंगे पुल,खानेपानी,पार्किङ लगायतका सुविधा छ । पार्कभित्र विभिन्न वन्यजन्तुसँगै स्विमिङ पुल,रोटेपिगं समेत रहेको छ ।

मकवानपुरको ऐतिहासिक “मकवानपुर गढि दरबार” :

दसैं विदामा मकवानपुरको घुम्ने उपयुक्त ठाउँ मध्ये मकवानपुर गढि दरबार पनि एक हो । प्रदेश ३को मकवानपुर हेटौंडा राजधानी बाट पुर्वमा करिब १५ किलोमिटर एक घण्टा बसको यात्रा पछि आइपुग्ने ऐतिहासिक भग्नावशेष रहेको राजदरबार मकवानपुर गढी दरबार हो।

ऐतिहासिक पर्यटकीय क्षेत्रमा चिनिने मकवानपुर गढी दरबारमा मानिसहरु अवलोकन भ्रमण गर्नको साथै पिकनिकको लागि आउने जाने गर्छन् ।

गुम्बा डाँडा :

पुर्वि मकवानपुर क्षेत्रमा रहेको अर्को पर्यटकीय क्षेत्र गुम्बा डाँडा हो । गुम्बा डाँडा विभिन्न कलात्मक मूर्तिहरुको आकर्षण रहेकोले यहाँ मानिसहरु घुम्न,पिकनिक बनभोजको लागि आवतजावत गर्छन ।

चित्लाङ :
दसैं विदामा मकवानपुरको घुम्ने उपयुक्त ठाउँ मध्ये चित्लाङको भेडा फर्म नेपालको सवैभन्दा ठुलो बाख्रा र्फमको रुपमा चिनिन्छ । यहाँको चौरलाई नेपालको अग्लो स्थानमा रहेको चौरको रुपमा लिने गरिन्छ । चलचित्र,म्यजिक भिडियो सुटिङ गर्न निर्देशकको रुचिमा यो स्थान पर्दछ । चित्लाङमा बाख्राको दुधबाट बनेको चिज लोकप्रिय छ ।

थाहा नगरपालिका

दसैं विदामा मकवानपुरको घुम्ने उपयुक्त ठाउँ मध्ये उत्तरी मकवानपुरको थाहा नगरपालिका क्षेत्र पनि एक हो । थाहा नगरपालिका क्षेत्र मकवानपुरको सबैभन्दा धेरै पर्यटकहरु आउने स्थान हो । थाहा नगरपालिका क्षेत्रबाट देखिने हिमश्रृङ्खला, पालुङ उपत्यका, चित्लाङको होम स्टे लगाएतको क्षेत्रहरु रहेका छन् । जाडो मौसममा प्रायगरि हिँउ परिरहने मकवानपुरकै सबैभन्दा उचाई क्षेत्र सिमभञ्याङ क्षेत्रमा समेत पर्यटकहरुको घुँइचो लाग्ने गर्दछ ।

मार्खु

दसैं विदामा मकवानपुरको घुम्ने उपयुक्त ठाउँ मध्ये मार्खु एक हो । हेटौंडाबाट करिब ३ घण्टा बसको यात्रामा मार्खु पुग्न सकिन्छ । नेपालको सबैभन्दा ठुलो मानव निर्मित जलासयको रुपमा रहेको इन्द्रसरोबर ताललाई नजिकैबाट नियाल्न सक्ने मार्खुपनि मकवानपुरको पर्यटनको उच्च संभावना बोकेको क्षेत्र हो ।

यहा पनि अहिले आन्तरिक पर्यटकहरुको घुुँइचो लाग्ने गरेको छ । मार्खुमा डुंगा समेत सयर गर्न पाउने भएकोले पर्यटकहरुको आकर्षक गन्तब्यको रुपमा विकसित हुँदै गएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।