एजेन्सी, १७ असोज । भारतको मध्य प्रदेशस्थित एक संग्राहलयबाट महात्मा गान्धीको अस्तु चोरी भएको छ । प्रहरीले अक्टोबर २ तारिखमा १५० औँ गान्धी जयन्तीको दिनमा मध्य प्रदेशको रीवाबाट गान्धीको अस्तु चोरी भएको जनाएको छ । रीवा प्रहरीले घटनाबारे छानबिन गरिरहेको छ। रीवास्थित बापु भवनको रेखदेख गर्ने मङ्गलदीपले घटनालाई लज्जास्पद भनेका छन्।

‘गान्धी जयन्ती भएर मैले बिहानै भवनको ढोका खोलेको थिएँ। राति ११ बजेतिर हेर्दा गान्धीको अस्तु थिएन र उहाँको तस्वीरमा पनि केरकार गरिएको थियो’, द वायर बेवसाइटसँग मंगलदीपले भने । घटना सार्वजनिक भएपछि कांग्रेसका स्थानीय नेता गुरमीत सिंहले प्रहरीमा उजुरी गरेका थिए । ‘यस्तो पागलपन बन्द हुनुपर्छ’, सिंहले भने, ‘बापु भवनमा सीसीटीभी क्यामेरा जडान गर्न म माग गर्छु।’

सन् १९४८ मा गान्धीको अस्तुको एउटा हिस्सा रीवास्थित बापु भवनमा राखिएको थियो। सत्याग्रह र अहिंसात्मक आन्दोनलका कारण गान्धी विश्वभरि प्रख्यात छन् । तर भारतमा एकथरीले गान्धीलाई हिन्दू विरोधी ठान्छन्। उनीहरू गान्धीलाई मुस्लिम पक्षधर मान्छन्।

त्यही सोचका कारण हिन्दू महासभाका एक सदस्य नाथुराम गोड्सेले सन् १९४८ को ज्यानुअरी ३० मा गान्धीको हत्या गरिदिएका थिए। हत्यापछि महात्मा गान्धीको अस्तुलाई नदीमा सेलाइएको थिएन। उनको अस्तुलाई केही हिस्सामा बाँडेर गान्धीका विभिन्न सङ्ग्रहालयमा राखियो। रीवास्थित बापु भवन त्यसैमध्येको एउटा हिस्सा हो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।