असोज १६ सुपुर्दगी विधेयक विरुद्ध हङकङमा जारी प्रदर्शनका क्रममा दुई नेपाली पक्राउ परेका छन् ।

प्रदर्शनमा पक्राउ पर्ने विद्यार्थी रहेको नेपाल आदिवासी जनजाति महासंघ हङकङले उल्लेख गरेको छ । बिहीबार प्रेस बक्तव्य जारी गर्दै महासंघले पक्राउ परेको ३६ घण्टा बढी भइसकेको जनाएको छ ।

रिहाइको माग गर्दै महासंघले पक्राउ परेकाहरुलाई अन्तर्राष्ट्रिय कानूनअनुसार व्यवहार गर्न आग्रह गरेको छ । महासंघले गैर–कानूनी क्रियाकलपाबाट टाढा रहन नेपालीहरुलाई अपिल समेत गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।