असोज १६-  नेपाली कांग्रेस बाग्मती गाउँपालिकाद्वारा दशैको अवसरमा बिहीबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

कांग्रेस बाग्मती गाउँपालिका सभापति भक्तबहादुर राईको सभाध्यक्षता तथा हेटौडा उपमहानगर सभापति आनन्दराम पराजुलीको प्रमुख आतिथ्यतामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रतिनिधि सभा १ को क का क्षेत्रीय सभापति डिल्ली घोरासैनी, कांग्रेस नेताहरु फणिन्द्र तिमल्सिना, शंकर पराजुली, दामोदर गौतम, डम्बर बिक, भीमबहादुर घिमिरे, जयबहादुर राई, अप्सरा लोप्चन, बाग्मती गाउँपालिका प्रहरी प्रमुख पर्शुराम फुयाँललगायतले मन्तव्य ब्यक्त गरेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।