सांकेतिक तस्बिर

असोज १६- नेपाली बजारमा फेरि सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघका अनुसार बुधबारको तुलानामा बिहीबार ११ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।

बुधबार छापावाला सुन प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तर, आज भने बढेर ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ ।

यस्तै बुधबार प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज भने प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ८ सय ५० रुपैयाँ पुगेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।