असोज १६- अक्टोरबर २ मा रिलिज भएको फिल्म वारले रिभ्यु अत्यन्त राम्रो पाएको छ ।मिडिया रिपोर्टका अनुसार यस फिल्मले ३०० करोडभन्दा बढीको कमाइ गर्ने अपेक्षा गरिएको छ ।यशराज व्यानरले निर्माण गरेको यस फिल्ममा ऋतिक रोशन र टाइगर श्रौफको प्रमुख भुमिका रहेको छ ।एक्सन जनराको यस फिल्मको ट्रेलर सार्वजनिक भएसँगै बक्स अफिसमा कमाल गर्ने अनुमान गरिएको थियो ।यस फिल्मका गीतहरु पनि सुपरहिट भइसकेका छन् ।

युवा पुस्ताबीच लोकप्रिय दुई स्टारहरु हृतीक रोशन र टाइगर श्रफको फिल्म ‘वार’ले यतिखेर थियटर कब्जा गरेको छ। सेनाको कथामाथि बनेको फिल्म पूर्ण एक्सन जनराको हो। फ्यान फलोइङका आधारमा यी दुवै स्टार फिल्मको कमाइका लागि बलियो आधार हुन्। बक्स अफिस कलेक्सनमा पनि फिल्म अब्बल हुने अपेक्षा छ तर के फिल्म हेर्न लायक छ तरु के भन्छन् समीक्षकहरु ?

टाइम्स अफ इन्डियामा समीक्षक रचित गुप्ताले फिल्मलाई ५ मा तीन स्टार दिएका छन्। गुप्ताले सञ्जय दत्त र जैकी श्रफ स्टारर सुवास घईको सन् १९९० को दशकको चर्चित फिल्म खलनायकलाई स्मरण गर्दै लेखेका छन् – फिल्ममा अत्याधिक स्टन्ट, थ्रिल, ट्विस्ट र मसलेदार खुलासा छन् जसले पहिलो हाफसम्म मजाले बाध्छ। तर, कौतुहलता मेट्ने तथ्य फिल्मले खुलासा गर्छ त्यसपछि फितलो बन्न थाल्छ। उनले फिल्मलाई हृतीकको धुम टू र टाइगरको बागी टूसँग तुलना गर्दै मनोरञ्जन लिन चाहनेका लागि फिल्म राम्रो रहेको तर्क गरेका छन्।

हिन्दुस्तान टाइम्समा मोनिका रावलले फिल्मलाई एक लाइनमा भनेकी छिन् – एक्सन ड्रामामा गजब, कथामा कमजोर। एक्सन, कार र बाइकको दौडादौड हुने फिल्मको लिड रोलमा हृतीक र टाइगर छन् भने के अपेक्षा गर्नेरु मोनिकाको प्रश्नले नै जवाफ दिन्छ – मात्र एक्सन। ‘फिल्मको कथाबाट धेरै अपेक्षा नगर्नु किनकि दुई बोनिफाइड एक्सन स्टारहरु ठूलो पर्दामा भिडिरहेका छन्। यसले बाँकी कुरालाई गौण बनाउँछ,’ उनले लेखेकी छिन्। यी दुई स्टारका फ्यानहरुका लागि फिल्म गजब रहेको उनको तर्क छ।

बलिउडको ट्रेड एनलिस्ट तरन आदर्शको बलिउड हंगामाले फिल्मलाई ‘पैसा असुल’को ठप्पा लगाइदिएको छ। फिल्मलाई ४ स्टार दिइएको छ। ‘समग्रमा वार पैसा असुल एक्सन इन्टरटेनर हो,’ समीक्षामा भनिएको छ, ‘फिल्ममा पर्याप्त ट्विस्ट र टर्नहरु पनि छ जसले दर्शकलाई बाँधिराख्छ।‘ बलिउड हंगामाले समीक्षा गरोस अनि ट्रेडको कुरा नगरोस चाहिँ हुन सक्दैन। समीक्षामा भनिएको छ –एक्सटेन्डेड सप्ताहन्त र भरपूर एक्सनले फिल्मको कमाइ गजब हुनेवाला छ।

समीक्षकहरुले दर्शकको रुची अनुसार फिल्मको मूल्याङ्कन गरेका छन्। हृतीक रोशनको सुपर ३० मन पराउने दर्शकका लागि भने यो फिल्म मन नपर्न पनि सक्छ। तर, हृतीक र टाइगरको एक्सन रुचाउनेका लागि भने छोड्नै नमिल्ने सूचीमा पर्ने पक्का छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।