असोज १३- बलिउडको चर्चित फिल्म शोलेमा ‘कालिया’को भूमिका गरेर चर्चित भएका अभिनेता विजु खोटेको निधन भएको छ । खोटेको आज ७८ वर्षको उमेरमा निधन भएको आज तकले लेखेको छ । विजु खोटे लामो समयदेखि बिरामी थिए । आज बिहान उनले मुम्बइस्थित आफ्नो घरमा अन्तिम सास लिए ।

विजु खोटेको निधनको खबरले बलिउडमा शोकको अवस्था छ । उनले आफ्नो जीवनमा धेरै फिल्ममा धेरै भूमिका गरे तर उनले ब्लकबस्टर फिल्म शोलेमा गरेको कालियाको भूमिकाले फ्यानहरुमा यति गहिरो छाप छोडेको थियो कि आज पनि उनलाई यही भूमिकाका कारण भिनिन्छ । जिु १९६४ देखि फिल्मी क्षेत्रमा लागेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।