असोज १३- थाइल्याण्डको राजधानी बैंककमा विद्यार्थी बोकेको ट्रक पल्टिँदा १३ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । सडकको मार्ग परिवर्तन गर्ने क्रममा दुर्घटना हुँदा अधिकांश विद्यार्थीसहित कम्तीमा १३ जनाको मृत्यु भएको हो ।

आइतबार भएको सडक दुर्घटनामा १२ जनाको घटनास्थलमा र एकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरी अधिकृतहरुले बताएका छन् । दुर्घटनामा घाइते भएका ५ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सीसीटीभीमा रेकर्ड भएको दृष्यमा ट्रकले नियन्त्रण गुमाएर लड्ने क्रममा ट्रकको पछाडिको भागबाट केही व्यक्ति सडकमा पछारिन पुगेका देखाइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।