हेटौंडा,११ असोज । कृषि उद्यमका लागि बढिमात्रामा लगानी गरेको हेटौंडा ८ कमानेमा रहेको सर्बोत्तम बचतले १ करोड बन्दा बडि रकम ऋण लगानी गरेको छ ।  सर्बोत्तम पिठो, तोरीको तेल आफैले उत्पादन गर्दै आएको सहकारीले आर्थिक बर्ष २०७५÷०७६ मा १ करोड १९ लाख ४६ हजार रुपियाँ ऋण लगानी गरेको सहकारीको १२ औं बार्षिक साधारण सभामा जानकारी दिइएको हो । सहकारीले लगानी गरेको ऋण मध्य ४६ लाख ४७ हजार रुपियाँ असुली भएको र ७२ लाख ९८ हजार रुपियाँ लगानी भैरहेको छ । सहकारीले आब २०७४÷०७५ मा २६ लाख ६७ हजार रुपियाँ मात्र लगानी गरेको थियो ।

सहकारीको आर्थिक बर्ष २०७५÷०७६ मा शेयर पुँजी ६३ लाख ४७ हजार ७ सय रुपियाँ पुगेको सहकारीको साधारण सभामा अध्यक्ष रामबहादुर बस्नेतले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । आफैले तोरी पेलेर तेल बेच्दै आएको सहकारीले २ लाख ३३ हजार रुपियाँ सञ्चालन नाफा गरेको बताइएको छ । ६३ जना शेयर सदस्यबाट सुरु भएको सहकारीको हाल ८ सय ९३ जना सदस्य पुगेका छन् ।

सदस्य मध्य ४ सय ९६ जना महिला र ३ सय ९७ जना पुरुष रहेका छन् । सहकारीमा १ सय २० जनाले बालबचत खाता खोलेको १२ औँ साधारण सभामा जानकारी दिएको हो । सहकारीले साधारण सभाको अवसर पारेर सहकारीमा शेयर लिएका जेष्ठ नागरीक सहित बिभिन्न क्षेत्रमा योगदान पु¥याएकालाई सम्मान गरेको छ ।
सधारण सभाको उद्घाटन हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखाका प्रमुख रामकृष्ण थापाले सहकारी बाटै मानब जिवनमा परिवर्तको दिशामा अघि बढ्ने बताए । उनले सहकारी सञ्चालनको कार्यबिधीहरु स्थानीय तह अनुसार परिवर्तनशिल रहेकाले त्यसलाई बुझेर अघि बढ्न सञ्चालकहरुलाई आग्रह गरे । सहरकारीका अध्यक्ष रामबहादुर बस्नेतको अध्यक्षतामा भएको सधारण सभामा स्थानिय राजनितीक दलका प्रतिनीधि सहित बिभिन्न क्षेत्रमा कृयाशिल व्यक्तीको आतिथ्यता रहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।