असोज ५- गएको हप्ता रिलिज भएका दुई फिल्म ‘पल पल दिल के पास’ र ‘द जोया फ्याक्टर’ले बक्स अफिसमा खासै गतिलो कमाइ गर्न सकेनन् ।सन्नी देवलका छोरा करन देवलको डेब्यु फिल्म रहेको पल पल दिल के पासले दर्शकहरुलाई खासै हलसम्म तान्न सकेन ।

सन्नी देवलको पनि पहिलो निर्देशनमा बनेको यस फिल्मलाई समिक्षकहरुले पनि खासै राम्रो टिप्पणी गरेनन् ।पहिलो दिन यस फिल्मले जम्मा एक करोडको कमाइ गरेको बताइएको छ ।

यो फिल्म निर्माणका लागि २८ करोड खर्च भएको थियो ।त्यस्तै अर्को फिल्म द जोया फ्याक्टरले पनि दर्शकलाई निराश बनाएको छ ।

लामो समयपछि सोनाम कपुर अभिनित यस फिल्मले बक्स अफिसमा जम्मा ८५ करोडमात्र कमाउन सफल भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।