असोज ४- रणवीर सिंह र आलिया भट्ट अभिनिती बलिवुड फिल्म गली ब्वायले यस बर्षको ओस्कार अवार्डमा भारतको प्रतिनिधित्व गर्ने भएको छ ।

फिल्मका निर्माता फरहान अख्तरले गली ब्वाय ९२औ ओस्कारका लागि छनौट भएको जानकारी दिएका छन् ।यस बर्षको ओस्कार अवार्ड आगामी फेब्रुअरी ९ मा आयोजना हुदै छ ।

जोया अख्तरले निर्देशन गरेको गली ब्वायमा एक र्यापरको संघर्षको कथा रहेको छ ।फिल्ममा रणवीर सिंह, आलिया भट्ट, कल्की कोचिन सिद्धार्थ चतुर्वेदी र विजय राजको अभिनय रहेको छ ।

यस फिल्मले यस अघि दक्षिण कोरियामा आयोजित बुचेन फिल्म फेस्टिबलमा नेटप्याकको बेस्ट एशियन फिल्म अवार्डलगायत कैयौ अन्तर्राष्ट्रिय अवार्ड जितेको छ ।गत फेब्रुअरी १४ मा रिलिज गली ब्वायले भारतीय बक्स अफिसमा मात्र १४० करोड कमाई गरेको थियो भने विश्वभर करिब २३८ करोड कमाई गरेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।