राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्षलाई हेपेको भन्दै सरकारप्रति आक्रोश पोखेका छन्। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा देउवाले सरकारविरुद्ध कडा आक्रोश पोख्दा राष्ट्रपति भण्डारीले आफूले नबुझेको भन्दै व्यंग्यपूर्ण प्रतिक्रिया दिएकी थिइन्।

‘यो मञ्चमा वक्ताले बोलेको केही नबुझिने रहेछ, नेताहरूले जोसले भन्नुभयो, ताली पनि बज्यो, के बोल्नुभयो भन्ने बुझिएन। कान राम्रो सुनिएन कि?’, राष्ट्रपतिले देउवाको अभिव्यक्तिप्रति लक्षित गर्दै भनिन्, ‘अब मिडियाबाट थाहा पाइएला।’ त्यसअघि देउवाले प्रतिपक्षसँग छलफलै नगरी सरकारले संविधानविपरीत प्रावधान राखेर विधेयकहरू ल्याएको भन्दै आक्रोश पोखेका थिए।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।