हेटौंडा ४ असोज,हेटौंडा उपमहानगरपालिका वडा नंबर १५ स्थित सडकखण्डबाट शुक्रबार अवैध खयरको काठ र बा.१० च.२७०६ नंबर को स्कार्पियो गाडीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उक्त गाडी चालक बर्दियाको सैनिवार नगरपालिका वडा नंबर ६ बस्ने २७ वर्षिय अमित शाह र गाडीमा सवार मकवानपुरको बकैया गाउँपालिका वडा नंबर १ बस्ने ३२ वर्षिय चक्र बहादुर योञ्जन रहेका छन् ।  उनीहरुलाई लुकाई छिपाई ल्याएको खयरको काठ ५० वटा पिसमा २४.४८ क्युव फिट काठसहित ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई पक्राउ गरी आवश्यक कार्बाहीको लागि डिभिजन वन कार्यालय हेटौंडा लैजाने कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।