हेटौँडा,३ असोज ।
बुहु प्रतिक्षित नेपाली कथानक चलचित्र ‘कबड्डी, कबड्डी, कबड्डी’ आजबाट देशभर प्रर्दशन हुँदैछ । मकवानपुरको हेटौँडा स्थित नारायणी मलमा रहेको एन एस सिनेमामा पनि चलचित्र ‘कबड्डी, कबड्डी, कबड्डी’ आजबाट प्रर्दशन हुन लागेको हो ।

चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणि नेपाललगायतका कलाकारहरुको अभिनय छ।

स्वजातीय विवाह र अन्तर्जातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा वाचन गर्ने फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।