मुलुकका ९५ प्रतिशतभन्दा बढी निजामती कर्मचारीले निर्धारित समयभित्र सम्पति विवरण बुझाएका छन् ।

कूल ८८ हजार ६ सय कर्मचारीमध्ये ८४ हजार ३ सय २ कर्मचारीले निर्धारित समयभित्र सम्पति विवरण बुझाएको निजामती किताबखानाले जनाएको छ । यो सम्पति विवरण बुझाउनुपर्ने कुल कर्मचारीमध्ये ९५ दशमलव १४ प्रतिशत हो ।

किताबखानाका प्रवक्ता एवं सूचना अधिकारी राजेन्द्रप्रसाद पराजुलीका अनुसार सम्पति विवरण बुझाउन २८ भदौसम्मको समय तोकिएको थियो ।

‘हामीले गरेको सूचना प्रवाहको कारण हुन सक्छ अधिकांशले विवरण पेस गर्नुभएको छ’, उनले भने । बाँकी ४ हजारभन्दा बढीले विवरण पेस गरेका छैनन् । यद्यपि, तुलनात्मक रूपमा यो अत्यधिक रहेको बताइएको छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।