file photo

आफ्नो आइटम गीत रहेको नेपाली फिल्मको प्रमोसनका लागि नेपाल आएकी बलिउड अभिनेत्री सन्नी लियोनी नमिठो अनुभव लिएर स्वदेश फर्किइन्। यो खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ।

नेपाली फिल्म ‘पासवर्ड’को प्रमोसनका लागि सन्नी गत बिहीबार काठमाडौँ आएकी थिइन्। युट्युबरको अभद्र व्यवहारका कारण उनी विमानस्थलमा उत्रएदेखि नै माहोल उत्साहजकन हुन सकेन।

सन्नीको भिडियो क्याप्चर गर्न विमानस्थल पुगेका युट्युबरको भीड थामिनसक्नु थियो। ठेलमठेलबीच आयोजकले दिल खोलेर स्वागत गर्न समेत सकेनन्।

बडिगार्ड र आयोजकले प्लिज यस्तो नगर्नुस् भनेर आग्रह गरिरहे। तर, सन्नीको भिडियो आफ्नो युट्युबमा हाल्दा आउनसक्ने भ्युज र भ्युजको क्याल्कुलेशनले ल्याउने डलरको मोहमा परेका युट्युबरले आग्रह के सुन्थे। उनीहरु ठेलमठेलमै सक्रिय भइरहे। चलचित्र पासवर्डमा सन्नीको जादु पनि चल्ने लक्षण देखिएको छैन।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।