निकै लोकप्रिय हाँस्य टेलिशृङ्खला भद्रगोलमा देखिने पात्रहरु आज (बिहीबार) बाट फरक शृङ्खलामा देखिने भएका छन् । नेपाल टेलिभिजनमा बिहीबार राति ८ः४५ बजे आउने हाँस्य टेलिशृङ्खला ‘सक्किगोनी’मा देखिने भएका हुन् । जेपीटी (जिग्री पाँडे टीम) ले नयाँ प्रस्तुति ‘सक्किगोनी’ ल्याउन लागेका हुन् ।

कुमार कट्टेल जिग्रीका अनुसार ‘सक्किगोनी’मा भद्रगोलमा देखिने कलाकार र विषयहरु पनि उस्तै छनोट हुनेछ । जिग्रीले हिमालखबरसँग भने, “हामीले सक्किगोनि मार्फत् केही नयाँ ल्याउन लागेका होइनौं । नाम मात्रै फरक हो ।” उनले विषयवस्तु दर्शकको रुचि अनुसार छनोट गर्ने बताए ।

टेलिभिजन शो ‘सक्किगोनी’ यूट्युबमा समेत हेर्न सकिनेछ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।