काठमाडौं, फ्रान्सको एउटा शहरका मेयरले घटदो जनसंख्याको समाधान स्वरूप इच्छुक व्यक्तिलाई निःशुल्क भायग्रा दिने घोषणा गरेका छन् ।

उत्तर मध्य फ्रान्सेली सहर मोन्ट्रेयोका मेयर जाँ डिबुजीले एउटा नगरस्तरीय निर्णयमा हस्ताक्षर गर्दै आफू स्थानीय दम्पत्तिहरूलाई भायग्रा वितरण गर्नु इच्छुक रहेको बताए ।

हाल उक्त शहर निरन्तर घटदो जनसंख्याको समस्यासँग जुझिरहेको छ। पढ्ने बालबालिकाको कमी हुँदा स्थानीय विद्यालयहरू बन्द हुने अवस्थामा छन् ।

“शहरका १८ देखि ४० वर्ष उमेर समूहका दम्पत्तिहरूलाई भायग्राका चक्की बाँडिने छन् । यसले उनीहरूलाई गर्भधारण गर्न मद्दत पुग्नेछ र दुई गाउँका विद्यालयहरू बन्द हुनबाट जोगिनेछन् ।” नगरपालिकाको निर्णयमा भनिएको छ ।

“बालबालिका बिनाको गाउँ मरेको बस्ती झैँ हुन्छ ।” मेयर डिबुजीले भने ।

उनले स्थानीयहरूबाट केकस्तो माग आउँछ त्यसै अनुरूप भायग्राका चक्की खरिद गरिने बताए ।

केही आलोचकहरूले फ्रान्समा डाक्टरको प्रेस्क्रिप्सनबिना भायग्रा बेच्न नपाइने नियम राहेकोमा मेयर डिबुजीको निर्णयको कानुनी आधार के हुने भनेर प्रश्न गरेका छन्।
एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।