हेटौंडा ३१ भदौ,मकवानपुरको हेटौँडा उपमहानगरपालिका यो वर्ष पटक–पटक डुवानमा पर्यो । आज बिहान भएको वर्षातको कारण उपमहानगर क्षेत्रको वडा नंबर ४, ५ लगाएतको केहि क्षेत्रहरु डुवानमा परे ।

पानीको निकासलाई रोकेर जथाभावी घर निर्माण गर्दा यो पटक हेटौँडाले विकराल डुवानको समस्या भोग्नु परेको हो । डुवानको कारण यो वर्ष हेटौँडा उपमहानगर क्षेत्रमा दर्जनौ स्थानीयहरु घर समेत छाडेर हिडनु परेको थियो । संभवत यो अवस्था आएको पहिलो पटक भएको डुवान क्षेत्रका स्थानीयहरुको भनाई रहेको छ ।

आज पनि हेटौँडाको शान्तिनगर, पिप्ले, कर्राको केहि भाग, वडा नंबर ८ को केहि क्षेत्र, हेटौँडा ५ कै सानोपोखरा क्षेत्रका केहि घरहरु डुवानमा परेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।