हेटौँडा,२९ भदौ ।
डिभिजन सडक कार्यालय हेटौँडाले पटक–पटक प्रयास गर्दा समेत पुर्व पश्चिम राजमार्गको २५ मिटर क्षेत्र फराकिलो पार्न नसकेपछि अव विस्तारको काम मंसिर अघि नहुने भएको छ ।

नेपालीहरुको मुख्य चाडपर्वहरु दशै, तिहर तथा छठको आगमनको कारण अब यि चाडपर्वसम्म २५ मिटर विस्तारको काम नहुने भएको हो । डिभिजन सडक कार्यालयको एकजना अधिकृत स्तरका कर्मचारीको भनाई अनुसार राजनीतिक सहमतिविना काम गर्न असहज हुन्छ, यदि काम गर्न लागियो भनेपनि स्थितीले तनावपूर्ण मोड लिनकन्ने कुरालाई हामिले मध्यनजर गरेका छौ तसर्थ यो काम सहमतिमानै अगाडी बढछ् ।
तर उनले २५ मिटर फराकिलो पार्ने काम भने नरोकिने दाबी गरे । नेपाल सरकारले ऐननै परिवर्तन गरेर केहि गर्यो भने, विकल्पको नयाँ सडक निर्माण गर्दै राजमार्गको नक्सानै परिवर्तन गरेको अवस्थामा कुरा फरक हुने नत्र मंसिरबााट बिस्तारको काम अघि बढने डिभिजन सडक कार्यालयको दाबी छ ।

यो पटक डिभिजन सडक कार्यालययले मकवानपुरको मनहरी गाउँपालिकाको केहि टहरा भत्काएको थियो भने बाराको केहि क्षेत्रमा समेत काम गरेको थियो ।

डिभिजन सडकलाई थाल खाउँ कि भात खाउँ

२५ मिटर सडक फराकिलो पार्ने काम डिभिजन सडक कार्यालयलाई थाल खाउँ कि भात खाउँ भन्ने उखान जस्तै भएको छ । गएको ४ वर्षबाट पटक, पटक प्रयास गर्दा समेत डिभिजन सडक कार्यालययले २५ मिटरको सबालमा कुनै प्रगति गर्न सकेको छैन् । प्रत्येक वर्ष सूचना निकाल्ने, सडक नाप्ने, दुईचार टहरा भत्काउने र बजेट सक्ने बाहेक कुनैपनि उपलब्धी भने हुन सकेको छैन । जस्को कारण आम मानिसमा अन्योलता सृजना भएको छ ।

हेटौँडाका घरधनी र ब्यवसायी मर्कामा

२५ मिटरको अन्योलताले सबैभन्दा बेफाईदा भने यस क्षेत्रमा पर्ने घरधनी र ब्यवसाय गर्ने ब्यवसायीहरुलाई परेको छ । उनीहरु २५ मिटरको कारण आफ्नो घरलाइ मर्मत गर्न समेत सकेका छैनन, अझ बैंकले लालपुर्जा भएको जग्गालाई समेत पत्याएको छैन भने घरलाई थप ठुलो बनाउने काममा समेत उनीहरुको मन जान सकेको छैन् ।
यता ब्यवसायीहरु पनि आफ्नो ब्यवसायलाई वढाउने, ब्यवसायको लागि थप लगानी गर्ने पक्षमा छैनन् । लाखौ लगानी गरेर नयाँ बनायो, भोलिपल्टै भत्कने हो कि भन्ने आशंका उनीहरुमा रहेको छ । ब्यवसायी तथा घरधनीहरु उचित क्षतिपुर्ती दिएर यो समस्या समधान होस भन्ने चाहान्छन् ।

ब्यवासायीहरुलाई अलपत्र पारेर सडक विस्तार हुँदैन : मउवासंघ
२५ मिटरको सवालमा मकवानपुरको हेटौँडामा रहेको ब्यवसायहरुलाई अलपत्र पारेर कुनैपनि हालतमा सडक विस्तारको संभावना नरहेको मकवानपुर उद्योग वाणिज्य संघले जनाईसकेको छ । उसले विज्ञप्ति जारी गरेर सुरुमा ब्यवसायीलाई उचित क्षतिपुर्ती, नयाँ स्थानको ब्यवस्थापन र घरधनीलाई नियम अनुसारको मुआब्जा नदिई सडक विस्तार हुनसक्ने अवस्था नहुने संघको धारणा रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।