भदौ २९- नेपाल स्याटेलाइट टेलिकमको करछली सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

व्यापारी अजेयराज सुमार्गीको लगानी भएको नेपाल स्याटेलाइटले ७५ प्रतिशत सेयर विक्री गर्दा ४ अर्ब ३१ करोड ९५ लाख ७९ हजार पुँजीगत लाभकर छली गरेको ठूला करदाता कार्यालयको निर्णयविरुद्ध रिट परेको थियो।

ठूला करदाता कार्याललले गरेको निर्णयविरुद्ध स्याटेलाइटका तर्फबाट सुभाष चन्द्र पौडेलले साउन १३ गते दायर गरेको रिटमाथि सुनुवाइ गर्दौ न्यायाधीश इश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।

नेपाल दूरसञ्चार प्राधिकरणले सुमार्गीको लगानी रहेको नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज गर्ने निर्णय भदौ २ गते गरेको थियो।

कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी र नवीकरण शुल्कबापतको ८० करोड तोकिएको समयमा नतिरेपछि खारेज गर्ने निर्णय गरेको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।