हेटौँडा,२९ भदौ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ हुप्राचौरमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको आज भएको दोश्रो खेलमा खेलाडीहरुको हातहातमा एउटा प्लेकार्ड देखियो ।

मदन भण्डारी स्र्पोट्स एकेडेमीका खेलाडिहरुले आफ्नो खेलहरुमा एउटा सन्देश बोकेर आउने क्रमलाई निरन्तरता दिँदे डेंगु विरुद्धको गोल लेखिएको प्लेकार्ड लिएर आएपछि दर्शकहरु पनि अनौठो मानिरहेका थिए ।
मदन भण्डारीका खेलाडीहरु भने अहिले निकै विकराल समस्याको रुपमा रहेको डेंगु नियन्त्रणको सन्देश दिँदै “सबै, सबै लागौ, वरिपरी जमेको पानी हटाई डेंगु भगाउँ” भन्ने प्लेकार्ड लिएर केहि समय उभिए । प्रत्येक खेलमा एउटा सन्देश दिँदै आएको एकेडेमीको आजको सन्देशले थप ध्यान खिचेको थियो ।

नागरिकलाई सचेतना फुटबल मैदानबाट पनि गर्न सकिने भन्दै आफुहरुले प्रत्येक खेलका यस्ता सचेतना दिने प्लेकार्डको प्रयोग गरेको मदन भण्डारी स्र्पोट्स एकेडेमीका अध्यक्ष निरजसिंह ठकुरीले बताए ।
हाल प्रदेश नंबर ३ को मकवानपुरमा डेंगुको प्रकोप विकराल बन्दै गएको अवस्थामा सबैले आफ्नो घरबाटै पहल गरे डेंगु नियन्त्रण हुने विश्वास लिएको कारण यो अभियान चलाएको ठकुरीको भनाई रहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।