हेटौँडा,२९ भदौ,मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ हुप्राचौरमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आज भएको खेलमा एफसी ईन्टरनेट र मदनभण्डारी स्पोर्ट एकेडेमी विजयी भएका छन् भने हेटौंडा भेट्रान्स र हेटौंडा फुटबल एकेडेमी विचको खेल बराबरीमा रोकिएको छ ।

प्रतियोगिता अन्तर्गत आईतबार बिहान भएको खेलमा ईन्टरनेट फुटबल क्लबले न्यु कम्बाइन्ड फुटबल क्लबलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । ईन्टरनेट फुटबल क्लबका लागी पृतम स्याङबो एक्लैले २ गोल गरे भने ललित चौलागाइ र अनिष महर्जनले समान १–१ गोल गरे । यस्तै न्यु कम्बाइन्ड फुटबल क्लबका सुजन खड्कीले १ गोल फर्काए । ईन्टरनेटका पृतम स्याङबो म्यान अफ द म्याच घोषित भए ।

यो पनि :

डेंगु विरुद्ध मदन भण्डारी स्र्पोट्स एकेडेमीको गोल

यस्तै आईतबार दिउसो भएको दोश्रो खेलमा मदनभण्डारी स्पोर्ट एकेडेमीले भुटनदेवि युवा क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको छ । मदनभण्डारी स्पोर्ट एकेडेमको जितका लागी रविन्द्र खड्काले २ र रमेश लामाले १ गोल गरे भने भुटनदेवि युवा क्लबका शकर सिटौलाले १ गोल फर्काए । उक्त खेलमा मदनभण्डारीका रविन्द्र खड्का म्यान अफ द म्याच घोषित भए ।

यसैगरी आइतबारको तेश्रो तथा अन्तिम खेलमा हेटौंडा भेट्रान्स र हेटौंडा फुटबल एकेडेमीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । हेटौंडा भेट्रान्सका लागी आलोक श्रेष्ठ र हेटौंडा फुटबल एकेडेमीका लागी विमर्श श्रेष्ठले गोल गरे । उक्त खेलमा फुटबल एकेडेमीका विमर्श श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।