भदौ २९- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १५ महिनादेखि रोकिएको मलेसिया रोजगार खुला भएको घोषणा गर्र्दै सम्झौता पूर्णरुपमा कार्यान्वयन गराउन सजग हुने जनाएको छ। मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै रोजगारीका नाममा ठगी रोक्न सरकार सजग हुने प्रतिवद्वता जनाएको हो।

मन्त्रालयले सम्झौताबमोजिम कामदारको अधिकतम हकहित प्रवद्र्वन गर्न एवम् ठगी नियन्त्रण गर्न सरकारले निगरानी बढाउने श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए।

मन्त्रालयले आइतबारदेखि मलेसिया रोजगारीका लागि श्रम स्वीकृति दिन सुरु गरेसँगै कार्तिक १२ गते भएको मलेसियासँगको श्रम सम्झौता कार्यान्वयन गर्न कुनै कसर बाँकी नराख्ने घोषणा गरेको हो।

भदौ २४–२६ गते मलेसियामा भएको प्राविधिक समितिको बैठकले नेपाल र मलेसियाबीच कार्तिक १२ गते भएको सम्झौता कार्यान्वयन गर्ने सहमति गरेको थियो।

सम्झौता कार्यान्वयनमा आएसँगै कामदार शून्य लागतमा मलेसिया जान पाउनेछन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।