file photo

भदौ २९- नेपाली कांग्रेसको निरन्तर विरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक भोलिसम्मलाई स्थगित भएको हो । कांग्रेसले बाँकेमा भएको घटनाबारे गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझेको भन्दै अवरोध गरेको हो ।

कांग्रेसको अवरोधका कारण सभामुख कृष्णबहादुर महराले सहमतिका लागि १० मिनेटलाई स्थगित गरेका थिए । झन्डै डेढ घण्टापछि बसेको दोस्रो बैठकमा पनि अवरोध कायम भएपछि सभामुख महराले बैठक भोलि दिउँसो तीन बजेसम्मलाई स्थगित गरेका हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।