file photo

हेटौंडा, २७ भदौ- हेटौँडाबाट सिस्नेरी हुँदै काठमाण्डौ जाने सडक शुक्रबारदेखि बन्द हुने भएको छ ।

दशैँमा यात्रुलाई सहज होस् भनेर सडक मर्मत र सफाइ गर्न लागिएकाले आज शुक्रबारदेखि कामको प्रगति हेरी ३-४ दिन सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

प्रहरीका अनुसार काठमाण्डौबाट सिस्नेरी हुँदै हेटौँडा चल्ने गाडी अब फाखेल भएर आउजाउ गर्नेछन् । बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मर्मत र सफाइ हुने भएपनि गाडी भने राति पनि चलाउन नपाइने प्रहरीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।