भदौ २६- चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै पक्राउ परेका सबै विद्यार्थी बुधबार राति छुटेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार उनीहरु सबैलाई तारेखमा छोडिएको हो ।

शुल्कको विषयलाई लिएर एक सातादेखि आन्दोलनरत विद्यार्थीले बुधबार बहिरङ्ग सेवा बन्द गराउन खोजेपछि त्यहाँ अध्ययनरत नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थीलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका उनीहरुमध्ये नौलाई राति ९ बजे र अन्यलाई राति ११ बजे छाडिएको उनले जानकारी दिए ।

स्वास्थ्य संस्थामा सेवाग्राहीलाई प्रभाव पार्नेखालका काम नगर्ने, आन्दोलनका क्रममा कसैलाई तल्लोस्तरको गालीगलौज नगर्ने प्रतिबद्धतापछि उनीहरुलाई तारेखमा छाडिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।