रुपेन्द्र पटेल
रौतहट,भदौ २६- जिल्लाको राजपुर नगरपालिका ८ कुडिया बजारमा प्रहरीले २९ राउण्ड हावाइ फायर र ३१ राउण्ड टियर ग्याससहित ५९ राउण्ड गोली चलाएको छ ।

बुधबार मुस्लिम समुदायको मुहरर्म पर्व मनाउन गएका युवाले हिन्दुहरूले मनाउने पर्व छठको स्थानमा क्षति पुर्यायपछि भएको बिवादले बिहिबार साझसम्म सो क्षेत्र तनाब ग्रस्त रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नबिन कार्कीले बताएका छन् । सो क्षेत्र अहिले पनि तनाब ग्रस्त छ ।

बुधबार साझ पनि झडपलाई नियन्त्रणा लिन प्रहरीले ८ सेल अश्रु ग्याससहित २९ राउन्ड हवाई फायर भएको डिएसपी कार्कीले जानकारी दिएका छन् ।

झडपको क्रममा करिब १ दर्जन प्रहरी घाइते भएका छन् । यता प्रदर्शन गर्ने प्रदर्शनकारी समेत घाइते भएको छ । बिवाद समाधान गर्ने उद्देश्यले छठ घाटमा मुस्लिम समुदायले लगाएको झण्डा आफैले हटाएको राजपुर नगरपालिकाका नगर प्रमुख सकिल अख्तरले बताएका छन् । राजनीतिक कारण हुनु दुर्भाग्य हुन पुगेको उनको भनाइ रहेको छ । आपसी सदभाव कायम गर्ने उद्देश्यले बुधबार साझ नै सबै बसेर सल्लाह गरी बिवाद नगर्ने निर्णय गरेको पनि बिवाद रोक्न नसकेको उनले बताए ।

अहिले सो क्षेत्रमा थप शसस्त्र प्रहरीको बल पुगेको बताईएको छ । प्रत्येक वर्ष त्यस ठाउँमा मुस्लिमको पर्व मुहरर्म र हिन्दुहरूको पर्व झण्डी मनाउने क्रममा झडप हुँदै आएको पाइएको छ । राजपुर नगरपालिका भारतीय सिमानासँग जोडिएकोले पनि त्यहाँको अवस्था बढी तनावग्रस्त हुने गर्दछ ।


रुपेन्द्र पटेल
रुपेन्द्र पटेल
rupendra@khabarbreak.com
रौतहट, खबरब्रेक संवाददाता