एक व्यक्तिले आफ्नो कानबाट तीन मिनटमा ८० सेन्टीमिटरको बलून फुलाएका छन् ।दक्षिण भारतको येल्लारेड्डीमा बस्ने चाँद पाशा नामक ती व्यक्ति कानमा भल्भ जोडेर पहेंलो बलून फुलाउँछन् ।

उनी सडकको किनारमा बस्छन् अनि कानमा भल्भ जोड्छन् र त्यो भल्भ बलूनमा जोडिएको हुन्छ ।उनी नाक थुन्छन् र मुख बन्द गर्छन् र बलून फुलाउँछन् ।

उनले भने, ‘म पौडी खेल्न जान्थें र कानमा पानी भरिएको हुन्थ्यो । हावा पारेर म कानबाट पानी बाहिर निकाल्थें ।’यो क्षमताको अभ्यास गर्दै पाशाले जम्मा तीन मिनटमा ८० सेन्टीमिटरको बलून फुलाउने गरेका छन् ।

आफूलाई आवश्यक सहयोग प्राप्त भएमा गिनिज विश्व कीर्तिमान बनाउन सक्ने उनको भनाइ छ ।तर अधिकारीहरूसँग सम्पर्क गर्ने र फारम भर्ने कुनै उपाय उनीसँग छैन ।

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।