साङ्केतिक तस्वीर

भदौ २६– म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा बिहीबार बिहान तीन वटा एक्साभेटरमा आगजनी भएको छ। जिसी क्रसर उद्योग तथा बिएन कन्ट्रक्सनको एक्साभेटरमा आगजनी भएको हो।

क्रसर उद्योग परिसरमा रहेका एक्साभेटरमा राति साढे दुई बजेतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । रातिनै घटनास्थल पुगेर आगो निभाइएको म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए ।

आगोलागीबाट तीन वटै एक्साभेटरका इञ्जिन लगायतका उपकरण जलेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।