बकैया गाउँपालिका वडा नंबर ४ स्थित जुरेली खेल मैदान

हेटौंडा २६ भदौ,मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका वडा नंबर ४ मा प्रथम राष्ट्रिय माझी गोल्डकप २०७६ हुने भएको छ । बिहिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै नेपाल माझी उत्थान संघ मकवानपुरका अध्यक्ष आशिष माझीले आउँदो कार्तिक १ गते देखि बकैया गाउँपालिका वडा नंबर ४ स्थित जुरेली खेल मैदानमा प्रथम राष्ट्रिय माझी गोल्डकप हुने बताए ।

प्रतियोगिताको जानकारि दिँदै अध्यक्ष माझीले सिमान्तकृत माझी समुदायका युवाहरु अन्य क्षेत्रमा जस्तै खेलमा पनि पछाडी रहेकाले उनीहरुको प्रतिभालाई उजागर गर्नका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

विशेष गरी माझी जातिको बसोबास रहेको प्रदेश १,प्रदेश २ र प्रदेश तीनका सहित पश्चिमका जिल्लाहरुबाट समेत गरि प्रतियोगितामा करिब १२ देखि १६ टोलीको सहभागी रहेने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता टोलीले रु एक लाख प्राप्त गर्नेछन भने उपविजेता टोलीले रु ५० हजार रुपैया नगद पुरस्कार प्राप्त गर्ने बताईएको छ । विधागत रुपमा उत्कृष्ट खेलाडीले रु ५/५ हजार नगद प्राप्त गर्नेछन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।