भदौ २६- सार्वजनिक बस भित्र बालिकालाई बन्दि बनाएर सामुहिक बलात्कार प्रयास गर्ने बसका चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

न्यू सुनकोशी सुपर नामको ना ६ ख ९३४४ नम्बर यात्रुबाहक बसकाचालक मोरङ रंगेली नगरपालिका ३ का ३७ वर्षीय किरण खड्का र सहचालक उर्लाबारी नगरपालिका ४ का १९ वर्षीय सन्तोष न्यौपानेलाई इलाका प्रहरी रंगेलीले २२ भदौमा पक्राउ गरेको हो ।

धनकुटा घर भइ आफन्तकोमा बस्दै आएकी १५ वर्षीया बालिकालाई उनीहरुले मोरङको बेलबारीबाट ललाइफकाई बसमा चढाएर रंगेली ९ स्थित दोहमनाहाटचौक लगेर बस भित्रै बन्दि बनाएर बलात्कार प्रयास गरेका थिए । तर बालिका चिच्याएपछि साँझ सडक किनारमा रोकिएको बसभित्र स्थानीयले बलात्कार प्रयास भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ परेका चालक र सचालक दुवैलाई फौजदारी संहिता अनुसार बलात्कार कसुरमा अदालतमा मुद्दा दर्ता गराएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।