रुकुम पश्चिममा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–१०, चुनको दलित नमुना बस्तीका दुई बालिकाको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

स्थानीय मालिका माध्यमिक विद्यालयबाट फर्कंदै गर्दा बुधबार उनीहरु पहिरोमा परेका थिए । मृत्यु हुनेमा कक्षा–४ मा पढ्ने सावित्रा विक र दिलमाया विक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

पहिरोमा पुरिएलगत्तै उद्धार गरिएपनि उनीहरुलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ । उक्त क्षेत्र पहिरोको उच्च जोखिममा रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।