file photo

भदौ २६- यतिबेला देशभरी आंशिक देखि सामान्य बदली छ। केही स्थानमा सामान्य वर्षासमेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पानी पार्ने प्रणाली न्यून चापीय रेखा मध्य भारतबाट नेपालतर्फ सर्दै आएकाले नेपालमा पानी पर्ने क्रम बढ्दै गएको महाशाखाकाले जानकारी दिएका छन् ।

‘यो क्रम शुक्रबार र शनिबार अझ बढ्ने देखिन्छ,’ , ‘कतिपय ठाउँमा ठूलो वर्षासमेत हुनसक्छ। धेरै ठाउँमा वर्षा हुने सम्भावना छ।’महाशाखाकाले जानकारी दिए ।

महाशाखाका अनुसार न्यून चापीय रेखा औसत स्थानबाट केही माथि सरेर नेपाल तर्फ अघि वढ्दैछ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

भाद्र २६ गते (बिहीबार)
दिउँसोः देशभरी आंशिक देखि सामान्य बदली रही केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः देशभरी सामान्य बदली रही केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशको मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र २७ गते (शुक्रवार)
दिउँसोः देशभरी आन्शिक देखि सामान्य बदली रही केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

रातीः देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशको पहाडि भूभागका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र २८ गते (शनिवार)
दिउँसोः देशभरी सामान्य बदली रही केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः देशभरी सामान्य रही केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाले देशका केही भागमा भारी वर्षाको सम्भावना भएकोले नदिमा आकस्मिक पानीको वहाव वढ्न सक्ने, पहाडि भूभागमा पहिरो जानसक्ने तथा सडक यातायातमा अबरोध हुनसक्ने भन्दै सचेतता अपनाउन आग्रह गरेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।