file photo

भदौ २६- किर्गिस्तानमा जारी नाडेज्दा कप फुटबलको उपाधिका लागि नेपाल आज बलियो टोली उज्वेकिस्तानसँग खेल्दैछ । लिग चरणमा हार ब्यहोरेको नेपाल उपाधिका लागि बलियो उज्वेकिस्तानको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो ३ः ४५ बजे सुरू हुनेछ ।

घरेलु टोली किर्गिस्तान र ताजकिस्तानमाथि शानदार जित निकाल्दै फाइनल यात्रा तय गरेको नेपाल अन्तर्राष्ट्रिय मैदानमा वर्षको पहिलो उपाधि जित्ने लक्ष्यमा छ । तर अपराजित उज्वेकिस्तानमाथि जित निकाल्न कठिन छ । यद्यपि नेपाल पहिलो खेलमा भएका कमिकमजोरी सच्याँउदै जित निकाल्ने योजनामा छ । फिफा वरीयतामा उज्वेकिस्तान नेपाल भन्दा ५७ स्थान माथि छ । नेपाल १०१ औं स्थानमा रहँदा उज्वेकिस्तान ४४ औं स्थानमा छ ।

लिग चरणमा नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।