file photo

२६ भदौ,दशैंका लागि ५ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुल्ने भएको छ।

यातायात व्यवस्था विभागमा बिहीबार बसेको यातायात व्यवस्था विभागका महानिर्देशक, यातायात व्यवसायी र ट्राफिक प्रहरीको संयुक्त बैठकले ५ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गर्ने निर्णय गरेको हो।

यस पटकको दशैंमा नयाँ यातायात भने थपिएको छैन । दशैं–तिहारका लागि हालको प्रचलित भाडादर अनुसार नै टिकट बुकिङ हुने पनि विभागले जनाएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।