भदौ २६  – डेंगु संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। डेंगुबाट मृत्यु हुनेको संख्या सात पुगेको छ।

डेंगुबाट सप्तरीको सप्तकोशी नगरपालिका –११ का ३१ वर्षीय रामनारायण मण्डलको मृत्यु भएको हो। उनको उपचारका क्रममा मृत्यु भएको प्रदेश – २ स्वास्थ्य निर्देशनालयले जनाएको छ। यस अघि काठमाडौंमा दुई, सुनसरी, सिन्धुपाल्चोक, चितवन र डोटीमा एक–एक जनाको मृत्यु भएको थियो। प्रदेश २ का आठ जिल्लामा बिहीबार बिहानसम्म ७३ जनामा डेङ्गु सङ्क्रमण भेटिएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले बताए।
देशको बिभिन्न ठाँउहरुमा अहिले डेंगु लाग्नेको सँख्या धेरै बढिरहेको छ । बुधबार बिहानसम्म १६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो भने दिउँसो यो संख्या बढेर २५ पुगेको थियो। अबेर रातिसम्म ७३ पुगेको हो। सङ्क्रमित सबैको पायक पर्ने अस्पतालमा उपचार भइरहेको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले बताए।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।