भदौ २६- पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा यात्रु बाहक बसमा अज्ञात समुुहले आगजनी गरेको छ।

महेन्द्रनगरबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख ८४५३ नम्वरको यात्रुबाहक बसमा अज्ञात समुहले विहिवार बिहान ५ बजे बर्दघाट नगरपालिका वडा नं ४ खुर्सानी खोला भन्ने स्थानमा आगजनी गरेको हो। बसमा सवार यात्रुहरु सुरक्षित रहेका छन् ।

आगजनीबाट बसमा लाखौंको क्षती भएको छ। थप बिवरण आउन बाकी रहेको ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

गन्तव्यमा गइरहेको सवारीलाई रोकेर कस्ले कुन प्रयोजनको लागि आगजनी गर्यो खुल्न सकेको छैन्।आगजनी पछि यात्रुहरू भने डरमा देखिएका थिए।

आगजनी कसले किन गर्यो भन्ने खुल्न नसकेको र घटनामा संलग्नहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।