file photo

हेटौंडा २६ भदौ,राप्रपाका अध्यक्ष कमल थापाले एनसेल कर प्रकरणमा सर्वोच्च अदालतको पछिल्लो फैसलाले भ्रष्टाचारीलाई नै सघाउ पुर्याएको बताएका छन ।

उनले बिहिबार ट्वीट गर्दै भनेका छन,‘अब संसद र जनता नै अन्तिम बिकल्प हो । राप्रपाले यो भ्रष्टाचार काण्डको सडकदेखि सदनसम्म आवाज उठाउँछ, संघर्ष चर्काएर लैजान्छ ।’ थापाका अनुसार, एनसेल कर छलि नेपालको हालसम्मको सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड हो । यसमा करिब ४० अर्बको चलखेल छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।