हेटौंडा २६ भदौ,आगामी राष्ट्रिय कृषिगणना २०७८ मा समेटिने विषयबस्तु बारेमा हेटौंडामा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

तीनै तहका सरकारलाई चाहिने कृषि सम्बन्धी तथ्याङ्क उपलब्ध गराउने उदेश्यका साथ संचालन गर्न लागेको राष्ट्रिय कृषिगणना २०७८ मा समावेश गरिने विषयवस्तुमा सरोकारवालाहरुसंग आवश्यक सुझाव संगलन गर्ने उदेश्यले प्रदेशस्तरीय छलफलको आयोजना गरिएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्री कार्कीले बताए ।

आगामी कृषि गणनामा मूलत संरचनागत तथा तथ्याङ्क स्थाइ,अस्थायी बाली लागेको जग्गाको क्षेत्रफल र उत्पादन,कित्ता संख्या,जग्गाको उपभोग एवं उपयोग,सिंचाईको अवस्था,मलखाद तथा वीउविजनको प्रयोग,पशुपन्छीको संख्या आदिलाई समेटिएको निर्देशक कार्कीले बताए । बदलिदो संघीयता अनुसार संरचना अनुसार आवश्यक पर्ने कृषि तथ्याङ्कको प्रवाह गर्न साथै समायानुकुल विषयवस्तु जस्तै जलवायु परिवर्तनले कृषि क्षेत्रमा पुञ्याएको प्रभाव,महिलाको नाममा रहेको घरजग्गा,खाद्यान्नको पर्याप्ता,तरकारीमा विषादीको प्रयोग,कृषि वीमा,अनुदान अवस्था,कृषि क्षेत्रबाट उत्तपादित फोहोरको व्यवस्थापन,कृषि मजदुरको व्यवस्थापन जस्ता जल्दावल्दा विषयहरुको उठान समेत आगामी कृषिगणनामा गरिने निर्देशक कार्कीको भनाई थियो ।

विगतको कृषिगणना जिल्ला स्तरसम्मको मात्र कृषिगणना हुन्थो भने आगामी कृषि गणना देखि गाउँपालिका नगरपालिका सम्मको कृषि तथ्याङ्क उपलब्ध गराईने लक्ष्य राखिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रेमराज जोशी,प्रदेश तीनका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्की,पत्रकार,कृषक लगाएतको सहभागिता रहेको थियो ।अन्नरक्रिया कार्यक्रम केन्द्रीय तथ्याङ्क विभागको आयोजना र तथ्याङ्क कार्यलय मकवानपुरको सहआयोजनामा भएको भएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।