हेटौँडा,२५ भदौ ।  हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा रहेको हुप्राचौर सबै हेटौँडेलीको लागि खेल खेल्ने, विहान, साँझ आराम गर्ने क्षेत्र हो । यहा आउनेहरुको लागि भनेर उक्त क्षेत्रमा एक सार्वजनिक शौचालयको निर्माण गरिएको छ ।

हुप्राचौरको पानी ट्याङ्की सँगै रहेको सार्वजनिक शौचालयमा यदि तपाई शौच गर्न जानुभयो भने त्यहाको दुर्घन्धले बेहोस हुनसक्ने स्थिती समेत उत्पन्न हुन सक्छ । शौचालय महिनौबाट सफा गरिएको छैन, शौचालयको गेटबाट प्रवेश गर्ने वित्तिकै दुर्घन्धको अनुभव भैहाल्छ , अझ भित्रसम्म पुग्ने आँट गर्नुभयो भने त्यहा शौच गर्ने कुनै वातावरणनै छैन् ।

शौचालयको ढोकासम्म पिसाव जमेको छ भने भित्रपट्टी रक्सीका वोत्तलहरु, गुड्खाका प्लाष्टिकहरु, चुरोटको ठुटाहरु र केहि लागु औषधका खोलहरु भेटिन्छन् । ट्वाईलेटको भित्रि कोठाको ढोकाबाट भित्र हेर्दा त्यहा पुरा ढल जस्तो देखिन्छ ।

थप यो पनि :

हेटौँडाको बासुदेब सभागृहको “लाईफ ड्यामेज”

सरसफाईमा नेपालको विभिन्न पुरस्कार जित्दै आएको हेटौँडा उपमहानगरपालिकाको यो सार्वजनिक शौचालयमा प्रवेश गर्ने जो कोहिले पनि हेटौँडाले उक्त पुरस्कारहरु कसरी प्राप्त गरेको रैछ भनेर प्रश्न गरेर मात्र बाहिर निस्कछन् । हेटौँडाको सबैभन्दा ठुलो सार्वजनिक चौरको क्षेत्रमा रहेको एउटा सार्वजनिक शौचालय पनि ब्यवस्थित गर्ने नसक्ने स्थानीय तहसँग अरु के आश गर्न सकिन्छ भन्ने प्रश्न यहा आउनेहरुको रहेको छ ।

हेरौ सार्वजनिक शौचालयको केहि तस्बिरहरु :


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।