file photo

भदौ २५- प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य परीक्षण गरिएको छ ।

सिंगापुरमा उपचार गरेर साउन २० गते नेपाल फर्किएका प्रधानमन्त्री ओली फलोअपका लागि आज बिहान शिक्षण अस्पाल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुग्नुभएको निजी सचिवालयले जनाएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका निर्देशक उत्तम श्रेष्ठसहितको टोलीले प्रधानमन्त्री ओलीको स्वास्थ जाँच गरेको हो ।

सिंगापुरमा प्लाज्मा फेरिसस प्रक्रियाबाट उपचार गराएपछि उनलाई केही दिनका लागि एन्टिबायोटिक चलाइएको र त्यसले सामान्य कमजोरी महसुस गराउने चिकित्सकहरुले जनाएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।