मकवानपुर, २५ भदौ । हेटौँबाट सञ्चालनमा रहेको तु खबरमा प्रकाशित समाचारको विषयलाई लिएर सोही अनलाइनका पत्रकारलाई सामाजिक सञ्जालमा गाली गर्ने मनहरी प्राथमिक स्वास्थ्य केन्द्रका ल्याब टेक्निसियन सुरेश रायलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपछि उनले सो गैरकानूनी काम आफूबाट भएकोमा अब आइन्दा कसैलाई पनि गाली नगर्ने भन्दै माफी मागेर उनी ८ घण्टापछि हिरासतमुक्त भएका छन् ।

तु खबरका सम्पादक गिरिजा अधिकारीले समाचार लेखेकै विषयमा रायबाट सामाजिक सञ्जाल फेसबुकमार्फत् गाली गरेकोले कानून बमोजिम कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका थिए । सो उजुरीको आधारमा प्रहरीले रायलाई पक्राउ गरेको थियो । राय पक्राउ परेपछि मेडिकल ल्याब एशोसियशन, मनहरी गाउँपालिका र स्वयम् रायले समेत एकपटकको लागि माफी दिन अनुरोध गरेपछि तु खबरका सम्पादक अधिकारीले उजुरी फिर्ता लिएका हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।