भदौ २५ -नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ।

सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवका छोरा प्रकाशलाई प्रहरीले चितवनमा पक्राउ गरेको हो। उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन्। सो आन्दोलनको अगुवाइ प्रकाश चन्दले गर्दै आएका थिए। आन्दोलनका कारण मेडिकल कलेजको सेवामा वाधा पर्न थालेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीसहित मेडिकल कलेजका विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।