लण्डन, २५ भदाै । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले युरो कप छनोटमा लिथुवानियालाई पाँच एकको भारी अन्तरले हरायो । मंगलबार राति भएको खेलमा पोर्चुगलको जितमा रोनाल्डोले चार गोल गरे ।

 प्रतियोगितामा पोर्चुगलको यो लगातार दोस्रो जित हो । एकतर्फी बनेको खेलको सातौं मिनेटमा नै रोनाल्डोले टिमका लागि पहिलो गोल गरे । २८ औं मिनेटमा लिथुवानियाले एक गोल गर्दै खेल एक एकको बराबरीमा पुर्‍याए ।

पहिलो हाफ एक–एक गोलको बराबरी भएको खेलको ६१ औं मिनेटमा,६५, र ७६ औं मिनेटमा लगातार रोनाल्डोले गोल गरेपछि खेलमा पोर्चुगलले चार एकको अग्रता बनायो । त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा विलियन कारभाल्होले गोल गर्दै पोर्चुगललाई पाँच एकको जित दिलाए । यो जितपछि पोर्चुगलको समुह बी मा चार खेलबाट ८ अंक भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।